कतारमा काम गर्ने नेपालीले अब बिना भिजा आफन्तलाई कतार घुमाउन पाउने

काठमाडौं।  बैदेशिक रोजगारीका लागी कतार पुगेका नेपाली कामदारले अब बिना भिजा आफ्ना आफन्तहरु लाई कतार घुमाउन पाउने भएका छन्।  हालै मात्र कतारको राष्ट्रिय पर्यटन काउन्सिलले कतारमा बस्ने विदेशी नागरिकका परिवार र साथीभाइलाई बिना भिसा कतार घुम्न पाउने अवसर ल्याएको हो ।

‘समर इन कतार’ उत्सवका बेला विदेशीहरु त्यहाँ बिना भिसा जान पाउनेछन् । यो कार्यक्रम कतारको पर्यटन काउन्सिलले ३५ अन्य संघ संस्थासँग मिलेर आयोजना गर्दैछ र यो जून ४ देखि अगष्ट १६ सम्म चल्नेछ ।कतारमा बस्ने नेपालीका आफन्त र साथीभाइहरु बिना भिसा त्यहाँको हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रवेश गर्न पाउनेछन् ।

कतारका नागरिक र त्यहाँ बस्नेहरुले यो उत्सवका बेला आफ्ना आफन्त र साथीभाइलाई ल्याउन वा त्यहीँ बसेर निमन्त्रणा दिइ बोलाउन सक्नेछन् ।

आइत, बैशाख २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस