ईलिमिनेटर राउण्डको खेलमा दिल्लीबाट नेपाली स्टार सन्दिपको सम्भवना कति !

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दैछन् । दुबै टोलीबीचको खेल बिशाखापटनममा साँझ ८बजे बाट सुरु हुनेछ ।

समूह चरणमा बलियो देखिएको दिल्लीले चौथो स्थानमा रहेको हैदराबादसँग प्रतिस्पर्धा गर्न लागेको हो । दिल्ली अंक तालिकाको चौथो स्थानमा छ । दिल्लीले सन् २०१२ पछि पहिलो पटक ईलिमिनेटरमा स्थान बनाएको हो ।

दिल्ली पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । दिल्लीले समूह चरणका पछिल्ला पाँच खेलमध्ये एक खेलमा हार व्यहोर्नु परेको छ । यता हैदरावाद भने यो सिजन समूह चरणमा त्यति उत्कृष्ट देखिएको छैन् ।अघिल्लो सिजन हैदरावाद अंक तालिकाको शीर्ष स्थानमा रहेको थियो ।

सन्दिपको सम्भवना

ईलिमिनेटर राउण्डको खेलमा नेपाली स्पिनर सन्दिप लामिछानेको सम्भावना कम रहेको छ । दिल्लीबाट उत्कृष्ट प्रदर्शन गरेका फास्ट बलर कासिंगो रबडा घाईते हुँदा बिदेशी खेलाडीको कोटामा सन्दिपले फाईदा उठाउने छैनन रबडाको स्थानमा ट्रेन्ट बोल्टलाई मैदान उतार्दै स्पिनरमा अमित मिश्रा र अछर पटेलले सन्दिपको स्थान लिन सक्ने छन् ।

 

 

बुध, बैशाख २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस