धुलाम्य सडक पिचको माग गर्दै आन्दोलनमा उत्रेका जनतामाथि घर भित्रै पसेर प्रहरीको लाठी !

बौद्ध-जोरपाटी सडकखण्ड छिटो पिच गर्न माग गर्दै स्थानीय जनताले स्वतस्फूर्तरुपमा निस्केको आन्दोलन माउत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्पन्न भएको थियो । आन्दोलनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठी र अश्रुग्यास ।प्रहरीसँगको झडपमा केही स्थानीय घाइते भएका छन् । आन्दोलनका कारण चुच्चेपाटी–जोरपाटी सडकखण्ड ठप्प छ । सवारी साधन चलेका छैनन् । जनता मार्न पाइँदैन, धुवाँ–धुलो उडाउने सरकार चाहिँदैन, ठेकेदारलाई कारबाही गरलगायतका नारा लगाउँदै आन्दोलनमा उत्रिएका छन् ।

घर भित्रै पसेर लाठी 

छिटो पिच गर्न माग गर्दै स्थानीय जनतामाथि प्रहरीले सडकमा उत्रेका माथि व्यापक दमन त् गरेको छ नै स्थानीयको घर भित्रै पसेर समेत लाठी हानेको छ यो सडकखण्ड निर्माणको जिम्मा हिराचन एन्ड कम्पनीले करिब चार वर्षअघि १ अर्ब ४५ करोड रुपैयाँमा पाएको हो । सम्झौताअनुसार यो सडक २०७४ को माघ महिनामै यो सडक बनिसक्नुपर्ने थियो । तर, अहिलेसम्म सडक निर्माण कार्य पूरा नगरेर अलपत्र छाडिएको छ । सरकारले भने ठेकेदार कम्पनीको म्याद थपेको थप्यै गरेको छ ।

 

 

बिहि, बैशाख २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस