युवतीद्वारा प्रधानमन्त्रीको टाउकोमा अण्डा प्रहार..

बैसाख २६ काठमान्डौ।अस्ट्रेलियामा यही मे १८ मा हुने आम निर्वाचनको अभियानमा रहेका प्रधानमन्त्री स्कट मरिसनका टाउकोमा अण्डा प्रहार गरिएको हो । चुनावी अभियानका क्रममा न्यु साउथ वेल्सको अबलरीमा रहेका मरिसनले महिलाहरूसँग कुरा गरिरहेका बेला एक युवतीले प्रधानमन्त्रीको टाउकोमा अण्डा प्रहार गरेकी हुन्।

न्यु साउथ वेल्स प्रहरीले प्रधानमन्त्रीमाथि अण्डा प्रहार गर्ने २५ वर्षीय युवतीलाई पक्राउ गरेको जनाएको छ ।प्रहरीकाअनुसार प्रधानमन्त्रीको सुरक्षा टोलीले अण्डा प्रहार गरे लगत्तै युवतीलाई नियन्त्रणमा लिएका हुन् ।मानुस द्वीपका शरणार्थीबारे सरकारी नीतिको विरोधमा आफूले मरिसनमाथि अण्डा प्रहार गरेको युवतीको भनाई छ।यसैबीच विपक्षी दलका नेता बिल सर्टनले अण्डा प्रहारको निन्दा गर्दै प्रधानमन्त्रीमाथि ‘अमर्या्दित व्यवहार’ गरिएको बताएका छन्।

बिहि, बैशाख २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस