आईपीएलमा सन्दिप आबद्द दिल्लीको खेल आज हुदै धोनीको चेन्नईलाइ हराएर रच्ला त इतिहास

दिल्ली क्यापिटल्सले बुधबार विशाखापट्नममा सनराइजर्स हैदराबादलाई पराजित गर्‍यो । यो जित दिल्लीका लागि ऐतिहासिक समेत बन्यो । ऐतिहासिक यस अर्थमा की दिल्लीले यसअघिको संस्करणसम्म नकआउट चरणको कुनै पनि खेलमा जित हात पारेको थिएन ।सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित निकाल्दै चेन्नईको सामना गर्न तयार दिल्ली त्यही लयलाई कायम राख्च चाहन्छ, जस्तो उसले लिग चरण र इलिमिनेटरमा खेलेको थियो । चेन्नईसँगको म्याच पनि विशाखापट्नममा नै हुँदैछ ।

आईपीएलमा दिल्लीमात्र यस्तो टिम हो, जसले आईपीएलको फाइनल खेल्न सकेको छैन । त्यो खराब इतिहासलाई विर्साउाने प्रयासमा दिल्ली हुनेछ । त्यसका लागि उसले डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई पाखा लगाउनु पर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो ।लिग चरणमा दिल्लीलाई शर्षि दुईको स्थान हात पार्नका लागि बाधा उत्पन्न गर्ने टिम चेन्नई नै थियो । जुन खेलमा दिल्ली चेन्नई सामू निरीह जस्तै बनेको थियो ।दोस्रो क्वालिफायरको विजेताले मुम्बई इण्डियन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

 

 

शुक्र, बैशाख २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस