‘हजुर हाम्रै पाला जसरी नि बनाउने हो क्रिकेट रंगशाला’ देबी घर्ती र पशुपती शर्माको गीत सार्वजनिक (भिडियो सहित)

सुनौलो नेपाल – धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ बनाउने अभियान तिब्र गतिमा चलिरहेको बेला चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका देवी घर्तीले ‘हजुर हाम्रै पाला जसरी नि बनाउने हो क्रिकेट रंगशाला’ बोलको गीत सार्वजनिक गरेका छन्।

गीतमा रंगशाला हाम्रो गौरव हो हाम्रो पहिचान हो भन्ने भावमा रुपमा आम नेपालीलाई सहयोग गर्न प्रेरीत गरीएको छ। “जसरी नि पुरा हुन्छ गरेपछि आट रङ्गशाला बनेपछि कसैलाई छैन घाटा” हाम्रै छोराछोरी क्रिकेट खेल्न पाउछन बिदेशमा पनि हाम्रै नाम आउछ जस्ता शब्दलाई समेटिएको छ।

पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका छन ।

हेर्नुहोस सो गीतको म्युजिक भिडियो

शुक्र, बैशाख २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस