किन आए १२ जना भारतीय प्रहरी याक एण्ड यति होटेलमा, प्रहरीले लियो एक्सन

बैसाख २८ काठमाडाैँ – नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा हाइप्रोफाइका १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीको दरबारमार्गनजिकै रहेको पाँचेतारे होटेल याक एण्ड यतिबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको विशेष सूचनाको उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए।

शनि, बैशाख २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस