नेपाल छिरेर भारतीय प्रहरीले कुटे नेपाल प्रहरी !

काठमाडौं । मदिरा पिएर नेपाल प्रहरीलाई हातपात गर्न खोज्ने तीन भारतीय प्रहरीलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ।

भारतमा लोक सभा चुनाव भइरहेको र उक्त चुनावमा खटिइ नेपालतर्फको बोर्डरसम्म आएका बिहारी मिलिटिरी फोर्सका शिव एस कम्पनी बटालियन सीतामढीका तीन जना प्रहरीलाई पक्राउ गरी भन्सार प्रहरीको जिम्मा लगाइएको छ।

उनीहरु चुनावमा थप मद्दतका लागि भारतको बैरगनियाँ आएका थिए। हवल्दार पृथ्वी पुनको नेतृत्वमा सिपाही खड्गबहादुर भण्डारी र सुमन आले नेपाल छिरेका हुन्।

नेपाल छिरेका उनीहरुले एक पसलमा रक्सी खाएर आपसमा झगडा गरेका र गौर भन्सारमा रहेका सुरक्षा गार्ड सम्झाउन पुग्दा उनीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानलाई कुटपिट गरेको हुन् ।

लगत्तै नजिकै रहेको नेपाल सशस्त्र बेसक्याम्पका सई शिवहरि थापाको टोलीले तिनीहरुलाई नियन्त्रणमा लिएको हो।, समाचार नागरिक दैनिकमा छ ।

 

 

शनि, बैशाख २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस