साच्चिकै समाजसेवी गाउँपालिका अध्यक्ष, जसले तलव काटेर किनिदिए बिद्यार्थीलाई झोला

जाजरकोट : जिल्लाको कुशे गाउँपालिकाका अध्यक्षले आफनो तलब स्कुले विद्यार्थीको किताब बोक्ने झोला किन्न खर्च गरेका छन्। अध्यक्ष हरिचन्द्र बस्नेतले तीन महिनाको तलब ९१ हजार ५०० रुपैयाँले १५९ विद्यार्थीलाई झोला किनिदिएका हुन्।

कुशे गाउँपालिका वडा नम्वर ७ समकोटस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत १५९ विपन्न परिवारका विद्यार्थीलाई उनले झोला वितरण गरेका हुन्। अध्यक्ष बस्नेतले विद्यालयको वार्षिकोत्सवका अवसरमा १५९ विद्यार्थी र १० शिक्षकलाई स्कुलको नाम लेखेर तयार पारिएका झोला हस्तान्तरण गरेका हुन् । यो खबर अन्नपूर्ण पोष्टमा छापिएको छ।

शनि, बैशाख २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस