अर्थमन्त्री युबराज खतिवडालाई बाबुराम भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकता अर्धनिन्द्रामा लेखेको आरोप लगाएपछि (भिडियो)

बैशाख २९ काठमाडौं, समाजबादी पार्टीका अध्यक्ष तथा पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले अर्थमन्त्री युबराज खतिवडालाई बजेटका सिद्धान्त र प्राथमिकता अर्धनिन्द्रामा लेखेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री भट्टराईले सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयमले आफैँमाथि न्याय नगरेको बताउनुभयो ।

अर्धनिन्द्रामा भएको मान्छेले लेखे जस्तो देखिएको भन्दै उहाँले बजेटका सिद्धान्त र प्राथमिकतामा वैचारिक अलमल र अस्पष्टता रहेको बताउनुभयो । उहाँले भन्नुभयो अर्धनिन्द्रामा भएको मान्छेले हाई काड्दै अल्छि लागि लागि निबन्ध लेखेजस्तो कर्मकाण्डी प्रकारको दस्तावेज आयो ।
संघीयतामा छोटो समयमा सफलता हासिल गरिएको भनिएको छ । तीन तहका निर्वाचन भएका छन् । त्यहि ढंगले काम पनि भइरहेको छ । त्यो स्वागत योग्य कुरा हो । तर संघीताको सबै कुरा पुरा भइसक्यो भन्ने कुरा सत्य होइन उनले भने ।नेपालको संघीय संरचना पूर्ण नरहेको दाबी गर्दै संविधान संशोधन गर्नु पर्नेमा भट्टराईको जोड छ ।

आइत, बैशाख २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस