वर्षा राउतलाई वर्षा सिवाकोटीले भनिन संगै सुतेपछि खुट्टा लाग्छ, हाम्रो दुश्मनी छैन

बैशाख २९ काठमाडौं, नेपाली चलचित्र क्षेत्रका दूई नायिका वर्षा राउत र वर्षा शिवाकोटीको सम्बन्धका बारे मिडियामा अनेक टिकाटिप्पणी भएका छन ।
अघिल्लो बर्ष नेपाली फ्लिम गोपीमा शिवाकोटीले छोडेपछि वर्षा राउतले जिम्मेवारी पाएपछि सुरु भएको त्यो चर्चा अहिले जात्रै जात्रा र बिर बिक्रम २को रिलिज एक साथ हुनेभएपछि दुई नायिकाको सम्बधन चिसिएको चर्चा राम्रै संग चल्यो । सामाजिक संजाल र मिडियामा चलेको चर्चासंगै नायिका बर्षा शिवाकोटीले एकै ओछ्यानमामा सुतेपछि खुट्टा लाग्नु स्वाभाविक हो यसले हाम्रो सम्बन्धलाई केहि फरक पर्दैन भन्दै स्वाभाविक टिप्पणी गरेकी छिन् ।

प्यारी वर्षा राउत खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्वीकार गर्न सकेनौँ अरे । हामी प्रतिस्पर्धी पक्कै हौँला, एकै क्षेत्रमा काम गरिरहेका छौँ । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले । एकै ओछ्यानमा सुते पछी खुट्टा लाग्नु त स्वाभाविक नै हो नी होइन र हिजो एकै फ्रेममा अटाएका हामी आज एक अर्काको दुस्मन बनाइएका छौँ । के साच्चै तिमी मेरो र म तिम्रो दुश्मन हौँ र हामी बिचमा कहिल्लै केही कुरामा असमझदारी आएका छन् र न तिमीले मेरो नाममा न मैले तिम्रो नाममा कहिल्लै कसैसामु सङ्कुचित भावना राखेर कुरा काट्दै हिँडेका छौँ । तर पनि हामी एक अर्काका दुश्मन कसरी बन्यौँ ? एकै परिवारका दुई सदस्य हामी आखिर यो बजारमा भनिएको जस्तै दुश्मनी बोकेर बसेका छौँ र ? तिमीले तिम्रो कर्म गरिरहेकी छौ मैले मेरो कर्म । कर्म फरक फरक गरे पनि धर्म त हाम्रो उही ‘कलाकारिता’ नै हो नी होइन र ? भोगाई र मर्म तिम्रो र मेरो उस्तै त छ नि छैन र हामीले एकै ब्यानरबाट चलचित्र क्षेत्रमा पाइला टेक्यौँ । हिजो म्युजिक भिडियो अभिनयमा छँदा पनि हाम्रो सुरुवात खासै फरक समयमा भएको जस्तो मलाई लाग्दैन । दिन फरक भए होला समय पक्कै फरक थिएन । फेरी त्यही समयमा फर्कौँ जहाँ हामी एकै फ्रेममा रमाएका थियौँ । यो भन्दै गर्दा फेरी केही दिनमा फेरी सुन्न पाइनेछ जेठ ३मा दुई बर्षाको भिडन्त । तर म भन्छु जेठ ३ गते हाम्रो भिडन्त होइन मिलन हुनेछ हल हलमा । हामी सँगै लाग्दैछौँ । एकै फ्रेममा नदेखिए पनि उही पर्दामा पालो पालो देखिनेछौँ । ‘जात्रै जात्रा’को लागी तिमीलाई शुभकामना ।
हेर्नुस वर्षा शिवाकोटीले लेखेको फेसबुक स्टाटस

आइत, बैशाख २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस