जम्मु कश्मिरमा सेना र बिद्रोही बीच भिडन्त, २ जनाको ज्यान गयो

भारत प्रशासित जम्मु–कास्मिरमा सेना र विद्रोहीबीच भिडन्त भएको छ।आइतबार सोफियन जिल्लामा भएको भिडन्तमा दुई विद्रोही मारिएको जनाइएको छ।
हेन्द–सितापुर क्षेत्रबाट विद्रोहीले प्रयोग गर्दै आएका हातहतियार फेला परेका छन्।
विद्रोही समूहको पहिचान बारे अनुसन्धान भइरहेको जनाइएको छ।प्रहरीका अनुसार आक्रमणमा सेना पक्षकालाई कुनै नोक्सानी भएको छैन।

आइत, बैशाख २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस