सरकारले लिएको प्रेस सम्बन्धी बिधेयकलाई काँग्रेसले भन्यो प्रेस स्वतन्त्रतामाथि कू

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गराएको पत्रकारहरूलाई आचारसंहिता उल्लंघनमै दश लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितकको विधेयक पत्रकारमाथिको ‘कू’ भएको बताएका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले यो कू को प्रतिवाद गर्ने बताए।

यस्तो पनि हुन्छ लेख्न पनि नपाउने बोल्न पनि नपाउन उनले भने कांग्रेसको पहिलो शर्तनै अभिव्यक्ति स्वतन्त्रतता हो।

यसैगरी, सरकारले ल्याउन लागेको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ।

आइत, बैशाख २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस