राजीव बने पहिलो नेपाली करोडपति, यसरी जिते राजेश हमालको कार्यक्रममा करोड

काठमाडौं- राजेश हमालले संचालन गरीरहेको टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति?’मा विराटनगरका राजीव जैन पहिलो करोडपति बनेका छन्।

शनिबार र आइतबार प्रसारण हुदै आएको कार्यक्रम ‘को बन्छ करोडपति’मा भाग लिँदै राजीवले एक करोड रुपैयाँ जितेका हुन्।

शनिबारको कार्यकक्रममा २५ लाख जितेका जेनले आईतबार बाकि रहेका दुईवटा प्रश्नको पनि सहि जवाफ दिएपछि उनले एक करोड जितेका हुन्।

एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको यो ४२औ एपिसोडमा १ करोड जितेर उनले नेपाली सेरिजको ‘को बन्छ करोडपति’मा पहिलो करोडपति बनेर इतिहास रचेका छन्।

हेर्नुहोस सो कार्यक्रमको दुईवटा एपिसोड

पहिलो दिन

दोश्रो दिन

आइत, बैशाख २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस