आखिर के भएको थियो उपेन्द्र यादबले बहिस्कार गरेको टेलिभिजन शो मा यस्तो छ वास्तविकता(भिडियो)

३० बैसाख काठमाडौँ नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव एक टेलिभिजनको अन्तर्वार्ताको बिचमै उठेर बाहिरिएका छन् ।एभीन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा उपप्रधानमन्त्री समेत रहेका यादवले प्रश्नको जवाफ नदिइ माइक फुकालेर बिचमै अन्तर्वार्ता छोडेर हिँडेका हुन् ।

यसरी सुरु भयो लफडा

अन्तर्वार्ता लिने पत्रकारले नयाँ पार्टीको गठनको शुभकामनासँगै यो पार्टीले जनतालाई के दिन्छ भनेर गरेको प्रश्नको जबाफमा यादवले तपाईँ मिडियामा हुनुहुन् मिडियाले के दिन्छ ? भनेर प्रतिप्रश्न गरे। पत्रकारले नम्र भएर हामीले त जनतालाई सुसूचित गरिरहेका छौँ भनेर जवाफ दिए ।त्यसपछि यादवले तपाईँलाई त प्रश्न गर्ने ढंग पनि दिएको छैन भन्ने जवाफ फर्काए । यादवले शिष्ट भएर प्रश्न गर्न कसरी कुरा गरिन्छ भन्ने जान्न भने र विवाद लम्बिँदै गएपछि उनी माइक निकालेर हुर्याउदै अन्तर्वार्ताबाटै बाहिरिए ।

 

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस