एभिन्यूज टेलिभिजनका सकस राजनीति‘ कार्यक्रमका सञ्चालक सुशील पाण्डेलाई ज्यान मार्ने धम्कि !

३० वैशाख काठमाडौँ एभिन्युज टेलिभिजनको बिरगंज स्थित कार्यालयमा तोडफोड भए संगै एभिन्यूज खबरको ‘सकस राजनीति‘ कार्यक्रमका सञ्चालक सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आफूलाई समाजवादी नेपालका कार्यकर्ता भन्दै ९८५१००५१८० नम्बरबाट ज्यान मार्ने धम्की समेत आएको छ।

नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव एक टेलिभिजनको अन्तर्वार्ताको बिचमै उठेर बाहिरिएको भोलिपल्ट कार्यालयमा तोडफोड भएको हो ।एभीन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा उपप्रधानमन्त्री समेत रहेका यादवले प्रश्नको जवाफ नदिइ माइक फुकालेर बिचमै अन्तर्वार्ता छोडेर हिँडेका थिए।सोमबार कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन्।

कर्मचारीहरु काम गरिरहेका बेला साढे १२ बजेतिर मुखमा कालो बाँधेर आएका केही मानिसहरूले कार्यालय तोडफोड गरे। तोडफोड बाट अफिसको सिसा ब्यानर च्यातिएको छ। आईतबार प्रशारित कार्यक्रममा भएको घटनालाई लिएर समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन सक्ने बताईएको छ ।अन्तर्वार्ता लिने पत्रकारले नयाँ पार्टीको गठनको शुभकामनासँगै यो पार्टीले जनतालाई के दिन्छ भनेर गरेको प्रश्नको जबाफमा यादवले तपाईँ मिडियामा हुनुहुन् मिडियाले के दिन्छ भनेर प्रतिप्रश्न गरे।

पत्रकारले नम्र भएर हामीले त जनतालाई सुसूचित गरिरहेका छौँ भनेर जवाफ दिए ।त्यसपछि यादवले तपाईँलाई त प्रश्न गर्ने ढंग पनि दिएको छैन भन्ने जवाफ फर्काएका थिए । यादवले शिष्ट भएर प्रश्न गर्न कसरी कुरा गरिन्छ भन्ने जान्न भने र विवाद लम्बिँदै गएपछि उनी माइक निकालेर हुर्याउदै अन्तर्वार्ताबाटै बाहिरिएका थिए ।

 

 

 

 

 

 

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस