मिडियाकर्मी माथी खनिए डा भट्टराई भने मिडियाकर्मी असनको साँढे जस्तो भए

बैसाख ३० काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर वावुराम भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न सोध्ने पत्रकारप्रति असन्तृष्टि जनाएका छन् ।सामाजिक सञ्जाल ट्विटरमा डाक्टर भट्टराईले केही मिडियाकर्मी ‘असनको साँढे’जस्तो बनेको भन्दै उनले लेखेका छन, ‘केही मिडियाकर्मीको यस्तो अहंकारी,उदण्ड,अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है! यो अति निन्दनीय र गम्भीर छ ! एक विराउने, शाखा पिराउने भन्ने लोकोक्ति छ ! मिडिया नेतृत्वको ध्यान पुगास् !

एभिन्यूज टेलिभिजनका पत्रकार सुशील पाण्डेले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँगको अन्तर्वार्ताका क्रममा सोधेका प्रश्नको शैली नमिलेको भन्दै मन्त्री यादव बीचमै उठेर गएका थिए ।

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस