अमेरिकाका पुर्बराष्ट्रपति घरमै लडेर घाईते भएपछि..

जर्जिया । अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर लडेर घाइते भएका छन् । अमेरिकी नेशनल पब्लिक रेडियोको अनलाइन संस्करणका अनुसार टर्की चराको शिकारमा जान लागेका ९४ वर्षीय कार्टर घरमै लडेका घाइते भएका हुन् ।

उनको अहिले जर्जियाको फोइबे सम्टर मेडिकल सेन्टरमा उपचार भइरहेको र पत्नी रोजालिन पनि सँगै रहेको जनाइएको छ । कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका राष्ट्रपति थिए । उनलाई सन् २०१५मा ब्रेन क्यान्सर भएको जनाइएपनि पछि ब्रेन स्कान गर्दा उपचारका क्रममा उनको क्यान्सर निको भएको देखिएको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै कार्टरको स्वास्थ्य अवस्थामा सुधारको कामना गरेका छन् ।

 

 

मङ्ल, बैशाख ३१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस