आज अन्तिम दिन नाम दर्ता गराउनुहोस सरकारले दिदै छ एक लाख बेरोजगारलाई रोजगारी

बैसाख ३१ काठमान्डौ -देशका एक लाखभन्दा बढी बेरोजगारलाईआउने दुई महिनाभित्र सरकारले रोजगारी दिने भएको छ।प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिनकाे रोजगारी सरकारले उपलब्ध गराउने भएकाे हाे।

सरकारले गरेको प्रत्येक परिवारका एक सदस्यलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने र दिन नसके बेरोजगार भत्ता दिने घाेषणाअनुसार यस आर्थिक वर्षमा सय दिनकै रोजगारी दिन नसकिएकाले एक महिनाका लागि मात्रै रोजगारी दिने तयारी गरिएकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।त्यसका लागि सम्बन्धित स्थानीय तहमा २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकिएको मन्त्रालयले जानकारी दिएकाे छ। कार्यक्रम सञ्चालन गर्न स्थानीय तहले ५ लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान पाएका छन्। अनुदानस्वरूप प्राप्त रकम सम्बन्धित स्थानीय तहका रोजगार सेवा केन्द्रबाट खटिएका श्रमिकको ज्यालामा मात्रै भुक्तानी गर्नुपर्ने सर्त राखिएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि ल्याइएको कार्यविधि वैशाख २२ गते मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भइसकेको छ।आउँदो असार मसान्तभित्र खर्च गरिसक्नुपर्ने गरी सबै स्थानीय तहको खातामा ससर्त अनुदान रकम पठाइएको हो। बेरोजगारमा सूचीकरणका लागि आवेदन दिने अन्तिम दिन आज मंगलबार हो।

मङ्ल, बैशाख ३१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस