पशुपतिनाथ भन्दा पनि शक्तिसाली भू-माफिया गाएब पारे २३१ रोपनी जग्गा

बैसाख ३१ काठमाडौं – पशुपतिनाथले सबैको रक्षा गर्छन् भन्ने आम बिस्वास छ। तर अहिले नेपालका भूमाफिया यति शक्तिशाली भएका छन् कि जसबाट स्वयं पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न पनि सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा गाएब पारिएको छ । श्रीपशुपतिनाथ अमालकोट कचहरी, श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको असुली लगतको अभिलेखअनुसार पशुपतिनाथको नाममा रहेको दुई सय ३१ रोपनी १० आना जग्गा गायब पारिएको छ ।
वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमेशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको खुलेको छ।

मङ्ल, बैशाख ३१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस