मौकामा चौका हान्दै बामदेव, ओली नभएको बेला प्रचण्ड झलनाथ र माधब नेपाल सहित गोप्य बैठक

३१ बैशाख काठमाडौं -प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा रहेको मौका छोपेर ओली सँग सुरुदेखि नै रुष्ट बनेका प्रभावशाली नेता बामदेव गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई भेला गरी गोप्य छलफल गरेका छन् ।

पछिल्लो समय सरकार एकपछि अर्कोगरि विवादमा मुछिएको भन्दै उनीहरुले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीविरुद्ध मोर्चाबन्दी कसेका हुन् । नीति तथा कार्यक्रमपनि विवादमा परेकोले अब जनतामा निराशा आउन नदिनेगरि अघि बढ्नुपर्ने उनीहरुको निश्कर्ष छ । सरकारले चालेका हरेक कदममा अध्यक्ष प्रचण्डपनि भित्रभित्रै असन्तुष्ट छन् । तर उनले खुलेर ओलीको विरोध गरेका भने छैनन् ।

मङ्ल, बैशाख ३१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस