ह्वाट्सएपमा चलाउनुहुन्छ ? ध्यान दिनुहोस फस्नुहोला यसमा छ जासुसी सफ्टवेयर

बैसाख ३१ काठमान्डौ -इन्स्ट्यान्ट मेसेजिङ एप ‘ह्वाट्सएप’ मा भएको सुरक्षा गल्तीका कारण प्रयोगकर्ताको फोनमा जासुसी सफ्टवेयर इन्स्टल हुन पुगेको फेसबुकले स्वीकार गरेको छ । बेलायती अखबार ‘फाइनान्सियल टाइम्स’को रिपोर्टअनुसार यो सफ्टवेयर एक इजरायली कम्पनीले विकास गरेको हो ।

यो जासुसी सफ्टवेयरलाई ह्वाट्सएप कलका माध्यमबाट मान्छेको फोनमा इन्स्टल गरिएको हो । उक्त रिपोर्टअनुसार यदि कोही प्रयोगकर्ता कलको जवाफ दिँदैन भने पनि उसको फोनमा यो सफ्टवेयर इन्स्टल गर्न सकिन्छ ।

क्यानडाका शोधकर्ताका अनुसार, यो जासुसी सफ्टवेयरले मानवाधिकार कार्यकर्ता तथा अधिवक्तालाई निसाना बनाएको छ । फेसबुकका इन्जिनियर गत आइतबारसम्म पनि यो सुरक्षा गल्ती सच्याउन लागिपरेका थिए । फेसबुकले भने आफ्ना ग्राहकलाई नयाँ भर्सन अपडेट गर्न अनुरोध गरेको छ ।यो साइबर हमलाबाट अहिलेसम्म कतिजना प्रताडित भए भन्नेबारे पत्ता लागेको छैन । यसबाट लोकप्रिय र ठूला मान्छेलाई निसाना बनाइएको आशङ्का गरिएको छ । संसारभर अहिले डेढ सय करोडभन्दा बढी मान्छे ह्वाट्सएप चलाइरहेका छन् ।
बीबीसी

मङ्ल, बैशाख ३१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस