आइपिएल खेलेर फर्केलगत्तै सन्दीपले किने यति महँगो बाइक

बैसाख ३१ काठमान्डौ- इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर आइतबार स्वदेश फर्किएका यूवा लेग स्पिनर सन्दीप लामिछानेले झन्डै १० लाख खर्चेर नयाँ बाइक किनेका छन्।सामाजिक सञ्जालमा आफ्नो परिवारमा नयाँ सदस्य थपिएको भन्दै बाइकको तस्बिर सार्वजनिक गरेका छन्।

उनले नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्ने र्बिएमडब्लु कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको बाइक बिएमडब्लुको आधिकारिक बिक्रेता हिमालयन मोटराड नारायणचौर नक्सालको सोरूमबाट किनेका हुन्।

मङ्ल, बैशाख ३१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस