विप्लपलाई ठुलो झट्का आधार इलाका भनिएको जिल्लाका इन्चार्ज पक्राउ !

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुम (पूर्व)का जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ। नेकपाका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल (शिशिर)लाई रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका ३ मुलपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

सरकारले प्रतिबन्ध लगाएपछि नेकपाका कार्यकर्ताहरु केहि समयदेखि उक्त ठाउँमा लुकुछिपि रहेको गोप्य सूचनाको आधारमा खोजतलास गर्दा जिल्ला इन्चार्ज नकाललाई फेला पारेर पक्राउ गरिएको उनको भनाई छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष सुरक्षा टोलीले उनलाई मंगलबार बिहान करिब २ बजे पक्राउ गरेर ल्याएको प्रहरीको भनाई छ।

उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई अश्लिल गालिगलौज गर्दै हातपात गरि अभद्र ब्यवहार गरेको डिएसपी खड्काको भनाई छ। पक्राउ परेका जिल्ला इन्चार्ज नकाल विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरेर हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले जनाए।

केहि दिन अघि मात्र प्रहरीले नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मा र अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रेमप्रशान्त बोहरालाई पनि पक्राउ गरेर हिरासतमा राखेको छ। जिल्लामा सुरक्षा चुनौती नरहेको बताएपनि पछिल्लो समय धमाधम विप्लब नेकपाका नेताहरु पक्राउ पर्ने गरेका छन्। गाउँमा विभिन्न कार्यक्रम गरिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गर्ने गरेको छ। युवा संगठनका अध्यक्ष शर्मालाई पक्राउ गर्दा प्रहरीले दुई राउन्ड हवाई फायर समेत गर्नु परेको थियो।

मङ्ल, बैशाख ३१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस