७८ लाख घुसकाण्डमा मुछिएका राजनारायण पाठक बल्ल भए अदालत हाजिर !

१ जेठ, काठमाडौं । भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक अदालतमा हाजिर भएका छन् ।

पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् । अहिले अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान भइरहेको छ ।भक्तपुरको इन्जिनियरिङ कलेजको छानबिन रोक्न ७८ लाख घुस लिएका पाठकविरुद्ध १२ चैतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

 

 

 

बुध, जेष्ठ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस