अन्ततः जनताको शक्ति सामु झुक्यो ठेकेदार बल्ल सुरु भयो बौद्ध–जोरपाटी सडक पिच !

काठमाडौं । सडक विस्तारका नाममा वर्षौंदेखि धुलोधुवाँ सहनुपरेको भन्दै स्थानीयबासी तथा व्यापारी विरोध प्रदर्शन उत्रिएपछि बौद्ध–जोरपाटी सडक खण्डमा पिच गर्ने काम सुरु भएको छ । गएको साता बाटो बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका थिए ।

चाबहिलदेखि जोरपाटीसम्मका स्थानीयले उक्त सडक खण्डमा धुलो बढी हुँदा पनि सरकार र ठेकेदारले बेवास्ता गरेको भन्दै बाटो बन्द गराएका थिए । सडक छेउका व्यवसायी पनि पसल बन्द गरेर सडकमा उत्रिएका थिए । उक्त सडकखण्ड वर्षौं बित्दासमेत पिच नभएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

बुध, जेष्ठ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस