मसाल महामन्त्री मोहनबिक्रमको झुट र पार्टी प्रबक्ताको रोधन !

मैले केही दिन पहिला ‘नेकपा(मसाल) को आठौं महाधिवेशन: मोहन बिक्रमको फुटपरस्त अभियान’ शिर्षकमा एउटा आलेख अनलाइन मिडियामा प्रकाशित गरेको थिए । त्यो लेखमा मुख्य गरेर मसाल महामन्त्रीले आठौं महाधिवेशनको दौरानमा फरक मत राख्ने अल्पमत पक्षधर नेता तथा कार्यकर्ताहरुलाई साङ्गठनिक हिसाबले नै कसरी पाखा लगाउदै गैरहेका छन ? र महाधिवेशनको लागि कहाँसम्मको गुटबन्दी गरेका छन ? त्यो विषयको सार्वजनिक गरेको थिए । त्यो आलेखले नेकपा(मसाल) को हेडक्वाटरमा ठुलै उथलपुथल भए पछि मोहन बिक्रमका प्रवक्ता राम प्रकाश पुरिको नाममा मोहन बिक्रम सिंह कै एउटा लेख आयो । त्यो लेखमा ‘छदमभेषी’ हरुले पुरै झुट कुरा गरेको र त्यस्ता छदमभेषीलाई बहुमत अल्पमत जुन पक्षको भए पनि कुनै पार्टी सदस्यले विश्वास गर्न नहुने मनसायलाई मुख्य जोड दिइएको छ । मोहन बिक्रमको कथित क्रान्तिकारी मुकुन्डो उघारिएपछी उनले थप आफ्ना पोलहरु खुल्दै जाने डरले त्यो आलेख प्रवक्ताको नाममा सार्वाजनिक गर्न लगाए ।

मोहन बिक्रमले हो भने हो हुने र होइन भने होइन हुने जमाना अब सकियो । वर्तमानले यो प्रमाणीत गरेको छ कि मोहन बिक्रम सिंह नेपाली राजनितिमा मात्र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा डेट एक्स्पाएर औषधी जस्तै भएका छन । कार्यकर्तालाई सधै रैती सम्झदै त्यही प्रकारको व्यवहार गर्दै आएका एम बि सिंहलाई अब आफ्नो त्यो नेता कार्यकर्तालाई रैती नै बनाइराख्ने सामार्थ्य सकिएको छ । त्यसकारण, अहिले मोहन बिक्रमले पार्टी भित्रको प्राविधिक वहुमतको प्रयोग गर्दै जुझारु मिलिटेन्ट क्रान्तिकारी नेता कार्यकर्तालाई जिम्मेवारविहिन बनाउने र निश्क्रीय- पदलोलुपहरुलाई जिम्मेवारी सुम्पने अभियान नै चलाए । मोहन बिक्रमले आठौं महाधिवेशनबाट दक्षिणपन्थी कार्यदिशा पास गर्न र आफू पुन: महामन्त्रीमा निर्वाचित हुनको लागि यो प्रकारको नाङ्गो हर्कत गरेको दिनको घाम झै छर्लङ्ग छ ।

सरकारमा जाने सवालदेखी चुनावसम्म, सातौं महाधिवेशन पछि एड्स विरोधी कार्यक्रको नाममा ६० लाख रुपैयाँ झ्वाम पार्ने समयसम्म, सिआइडी देखि दलाल, तस्करहरुसङ्ग सम्पर्क बढाएर अवैधानिक तरिकाले मानव बेचविखनको जालसाझी गर्ने समयसम्म, भारतमा मेडिकल शिक्षा पढाइदिने नाममा ठगी गर्ने दिनसम्म, प्रधानमन्त्री के पि ओलिको जयजयकार गर्दै क. दुर्गा पौडेललाई मन्त्री बनाउन दौडधुपसम्मका व्यवहार हेर्नुहोस । के त्यहाँ एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको महामन्त्रीले त्यस प्रकारको घिन लाग्दो अक्षम्य गल्ती गर्न मिल्छ ? अवैधानिक हिसाबले मान्छेहरु अमेरिका पठाएर उनिहरुबाट लिएको महिनाको २५ हजारले के नेपालमा क्रान्ती सम्पन्न हुन्छ ? पोखराको रास्ट्रीय परिषदमा मोहन बिक्रमले रुन्छे भाषामा लेखेको स्पस्टिकरण पत्र हेर्नुहोस प्रवक्ता कमरेड । अनि यसको जवाफ स्वतन्त्र रुपमा लेखेर सार्वजनिक गर्नुहोला, महामन्त्रीको निगाहमा होइन । मोहन बिक्रमको झुटलाई तपाइको रोधनले पर्दा हाल्ने प्रयत्न नगर्नुहोला ।

जो मान्छेहरुले आफुलाई स्वघोषित नेता सम्झेका छन, जसले पार्टीमा आउने आलोचनात्मक वैचारिक चेतलाई प्रतिबन्ध लगाउन जनवादी केन्द्रिययताको नाममा (जनवादी केन्द्रिययतको अपव्याख्या गरेर) नोकरशाही तरिकाबाट नियन्त्रण गर्दछन, तिनिहरुलाई आफू कम्युनिस्ट भएको ठुलो भ्रम छ । मोहन बिक्रमको रेल चढेका मान्छेहरुले मोहन बिक्रमको गल्तिका विरुद्ध प्रश्न उठ्दा उनिहरुको पनि निद्रा हराम हुनु ठिकै नै होला तर महामन्त्रीको दक्षिणपन्थी कार्यदिशालाई पर्दा हाल्न आमूल परिवर्तनको कार्यदिशालाई नै ‘षड्यन्त्रीत बहुमत’ को आधारमा पाखा लगाएर वुर्जुवा सत्ताको चौकिदार बन्न खोज्नेहरुको पर्दाफास गर्नु मेरो पनि कर्तव्य हो । त्यही आधारमा नै मैले वैचारिक सैद्धान्तिक विषयलाई मात्र उठाएर पुग्दैन्थ्यो, वैचारिक सैद्धान्तिक रुपमा एउटा र व्यवहारमा पुरै त्यो वैचारिक सैद्धान्तिक कार्यदिशाका विरुद्ध व्यवहार प्रदशन गर्ने मोहन बिक्रम प्रवृत्तिका विरुद्ध पनि झण्डा उठाउन आवश्यक थियो र छ । त्यस आधारमा मोहन बिक्रमले आफ्नो श्रीमतीलाई अगाडि लगाएर दलालहरु, तस्करहरु, माफियाहरु, सिआइडीहरुसङ्ग सम्बन्ध राखेर कम्युनिस्ट आन्दोलनप्रती गरेको गद्दारीका विरुद्ध लेख्नु नै सहि हुन्थ्यो । त्यो मैले लेखे ।

मैले यसरी लेख्दा केही मान्छेहरु जो मोहन बिक्रमलाई ‘देवता’ मान्छन, मोहन बिक्रम बिना आफुलाई ‘अपुर्ण’ देख्छन, मोहन बिक्रमको जयजयकार गर्नुमा आफ्नो दिनचर्या सम्झन्छन, मोहन बिक्रमको भजन गाउनुमा आफुलाई ‘अनुशाशित’ सम्झन्छन, ती मान्छेहरुले सामाजिम सन्जालमा सत्यलाई लुकाउने कैयौं प्रयत्न गर्दै आएका छन तर तिनिहरुको असफल प्रयत्न पानीको फोका जस्तै भएको छ । त्यसको निरन्तरता हो प्रवक्ता कमरेडको लेख पनि ।

अब प्रश्न के हो भने राम प्रकाश पुरी जो कम्युनिस्ट आन्दोलनमा नेतृत्वको ‘पुजा’ गरेर पार्टी प्रवक्तामा विराजमान भए, ले जवाफ नै दिन सक्नुहुन्छ भने तपाइको पार्टी सिसिएम कमरेड इराले २०६८ श्रावण १८ गते हाक साप्ताहिकमा दिएको अन्तरवार्तामा जुन कुराहरु ओकल्नु भएको छ, त्यसको जवाफ दिनुहोस । तपाइको महामन्त्री कमरेड मोहन बिक्रम सिंहको ठाडो निर्देशनमा महामन्त्री पत्नी तथा पार्टी सिसिएम कमरेड इराले मान्छेहरु अवैधानिक हिसाबले नेपाल सरकारको सिआइडीसङ्ग मिलेर अमेरिका पठाउन खोज्नु के सहि थियो ? प्रवक्ता कमरेड सङ्ग जवाफ दिन सक्ने नैतिक हिम्मत छ भने दिनुहोस। भारतमा महामन्त्रीकै निर्देशनमा पार्टीका साथीहरुलाई मेडिकल शिक्षा पढाउने नाममा उक्त सिआइडीसङ्ग मिलेर नौ-नौ लाख उठाउनु कुन प्रकारको क्रान्तिकारी नैतिकता हो? यसको जवाफ दिने कुनै नैतिक दम छ प्रवक्ता कमरेड ?

मसालको महाधिवेशनको लागि प्रकाशित दातावेज र फोरमहरुमा मोहन बिक्रमले व्यक्तीगत आरोप लगाउदा किन चुप लागेर बसेको ? के मोहन बिक्रमले भनेको मात्र सत्य हुन्छ? चित्र बहादुर के सि लाई उपप्रधानमन्त्री बनाउने समय सरकारमा जाने निर्णय गर्ने बेलामा मोह बिक्रमले चिनियाँ कम्युनिष्ट पार्टी पनि च्याङकाइसेकसङ्ग मिलेर बुर्जुवा सरकारमा सामेल भएको र जापनी साम्राज्यवाद विरुद्ध लडेको गलत उदाहरण पेश गरेका थिए । जब कि चिनियाँ कम्युनिस्ट पार्टी सरकारमा सामेल नै भएको थिए । त्यति सम्मको झुट बोल्ने एम बि लाई अझै पनि काधमा बोक्नेहरु अब विचराका पात्र मात्र हुन। त्यस मध्य एक हुन प्रवक्ता ।

छदमभेषीको रुपमा लेखे पनि खुला रुपले लेखे पनि सत्य लेख्नु मेरो नैतिकता हो । भुमिगत पार्टी एउटा कार्यकर्ताले अहिले खुल्ला रुपमा नलेख्दैमा कोहि साथी टाउको दुख्छ भने त्यो टाउको फुटे पनि केही हुनेवाला छैन। पार्टीमा वैचारिक प्रतिस्पर्धा गर्न नसकेर अल्पमतले पार्टी फुटाउनको लागि विचार लिएको हो भनेर गलत आरोप लगाउने मोहन बिक्रम कसरी वैचारिक भए ? मोहन बिक्रम भजन गाएर उनको वैतर्नी तार्न हिडेकाहरुले अल्पमतसङ्ग वैचारिक बहस र प्रतिस्पर्धा गर्न नसकेपछी मोहन बिक्रमले सहि विश्लेषण गर्दै आएका छन, मोहन बिक्रमको विरोध गर्नेहरुले पार्टी छाडे, मोहन बिक्रम मात्र ठिक हो, मोहन बिक्रम नखिइने धातु हो, मोहन बिक्रम हाम्रो भगवान हो, मोहन बिक्रम मात्र शुद्ध छ भनेर वकवास गर्नेहरु अब मोहन बिक्रमसङ्गै विलाएर जानेछन । अध्ययन नगर्ने मोहन बिक्रमका मान्छेहरु उनका गल्तिहरुलाई खास्टोले ढोकेर कम्युनिस्ट आन्दोलनलाई बदनमा गर्न लागेका छन, त्यसको हिसाब किताब छोटो समयमै भविष्यले गर्नेछ ।

देश भरिका मतादाताको भोट बेचेर विजय हुनुभएकी सासदले ससदमा कति बजे हो संशोधन प्रस्ताव दर्ता गर्ने भन्ने थाह हुन सक्दैन । कार्यकर्तालाई भ्रम छर्न फेसवुकमा दुर्गा पौडेलको संशोधन प्रस्ताव भनेर अनर्गल प्रचार गरिन्छ । यो जस्तो लाज मर्दो कुरा अरु के हुन्छ ? २०७६ वैशाख २४ गतेको सर्कुलर अनुसार क. उत्तमले सरकारको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता नगराएर गम्भीर गल्ती गरेको समर्थक ग्रुपसम्म र सार्वजनिक रुपमा आलोचना गर्नु पर्ने प्रस्तावमा सासद क. दुर्गा पौडेल (इरा) ले ससदमा संशोधन प्रस्ताव दर्ता नगरेर गम्भीर गल्ती गरेको स्विकार गरेपछी उनको समर्थक ग्रुपसम्म आलोचना र सार्वजनिक रुपमा पनि स्विकार गर्ने सर्कुलर गरिएको थियो । तर सार्वजनिक गरेको आलोचनमा गम्भीर गल्ती नभनेर कमजोरी मात्र भनिएको छ । के त्यो झुटको पुलिन्दा होइन? मोहन बिक्रमले नियुक्ति गरेका प्रवक्ता कमरेडले यसमा पनि जवाफ दिनुस । तपाइसङ्ग वैचारिक, सैद्धान्तिक र सङ्गठनात्मक सबै तरिकाले लड्नको लागि हाम्रो क्षमता तयार भएको छ । पार्टी कार्यकर्तालाई महामन्त्रीको कर्तुतहरु लुकाएर पार्टी क्रान्तिकारी बन्दैन, हेक्का रहोस ।

बुध, जेष्ठ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस