नेपालमा संघीयता चल्दैन भन्ने हक प्रधानमन्त्रीलाई छैन गगन थापा

जेठ २ काठमान्डौ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधीको संज्ञा दिदै संघीयता कार्यान्वयन गर्न सरकार असफल भएको बताएका छन्। सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताप्रति प्रधानमन्त्रीको रुचि नभएको बताएका हुन् ।

नेपालको इतिहासमा यो सर्वाधिक बलियो सरकार हो उनले भने प्रधानमन्त्री संघीयताप्रति चरम अरुचि राख्ने व्यक्ति हो। हामीसँग पटक-पटक छलफलमा भन्नु भएको छ नेपालमा संघीयता चल्दैन यो मलाई हुँदै हुँदैन भनेर। थापाले प्रधानमन्त्रीलाई नेपालमा संघीयता चल्दैन भन्ने हक नभएको बताए।

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस