नेकपामा पोलिटब्युरोमा एकै घरका दाजुभाई देखि श्रीमान श्रीमतीको जोडी, हेर्नुस को को परे

जेठ २ काठमान्डौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लामो व्यग्रतापछि १ सय ४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाएको छ जसमा विघटित एमालेबाट ८१ र माओवादी केन्द्रबाट ६६ छन् ।केही नेताको पतिपत्नी र दाजुभाइ नै पोलिटब्युरो भएका छन् । एमालेबाट पोलिटब्युरो सदस्य भएका राजेन्द्र पाण्डे र सुृरेन्द्र पाण्डे दाजुभाई हुन्। त्यस्तै पोलिटब्युरो सदस्य भएका मुकुन्द न्यौपाने र केदार न्यौपाने पनि दाजुभाइ हुन् । त्यस्तै महेन्द्र पाण्डे र उहाँकी बहिनी विन्दा पाण्डे पनि पोलिटब्युरो बनेका छन्।

माओवादी पक्षबाट देवप्रसाद गुरुङ र उनकी पत्नी यशोदा सुवेदी लिलामणि पोखरेल र उनकी पत्नी शशी श्रेष्ठ ऊर्जामन्त्री वर्षमान पुन र उनकी पत्नी पूर्व सभामुख ओनसरी घर्ती दिनानाथ शर्मा र उनका दाजु मायाप्रसाद शर्मा पनि पोलिटब्युरोमा समेटिएका छन्। पोलिटब्युरो मदन–आश्रित स्मृति दिवस पारेर शुक्रबार घोषणा हुने स्रोतले जनाएको छ ।

यस्तो छ नेकपाका पोलिटब्युरो सदस्यको नामावली 

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस