नातिनी हेर्न बिना तामझाम सुटुक्कै राष्ट्रपति बिद्यादेबी भण्डारी अस्पताल छिरेपछि….

राष्ट्रपति विद्यादेवी भण्डारी हजुरआमा बनेकी छन्।राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुम यादवले बुधबार (१ जेठ) साँझ छोरी जन्माएपछि उनी हजुरआमा बनेकी हुन्।अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी किरण यादवका सुपुत्र हुन्। किरण दोस्रो संविधान सभाकी सदस्य थिइन्।निशाकुशुम र अभिषेकको विहेको अवसरमा आयोजित रात्रिभोजमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका थिए।कान्छी छोरीको तर्फबाट पनि नातिनी जन्मिएपछि राष्ट्रपति भण्डारी बुधबार साँझ छोरी–नातिनी हेर्न अस्पताल पुगेकी थिइन्।

छोरी–नातिनी हेर्न राष्ट्रपति भण्डारी बिना कुनै तामझाम अस्पताल पुगेकी थिइन्।जेठी छोरी उषाकिरण थापाले पनि गत साउनमा छोरी जन्माएपछि राष्ट्रपति भण्डारी पहिलो पटक हजुरआमा बनेकी थिइन्।उषाकिरणको विहे भने सोलुखुम्बुका उमेश थापासँग भएको थियो। उनी डिल्लीबजारस्थित ट्रिनिटी कलेज र टोखास्थित त्रियोग स्कूलका सञ्चालक हुन्।

 

 

 

 

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस