नेपाली पत्रकार जगतलाई व्यंग्य गर्दै संचारमन्त्रीले भने जंगेले बोल्यो भनेपछि बोल्यो…

जेठ २ काठमान्डौ सरकारले मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गराए लगत्तै प्रेस जगत विरोधमा उत्रिएको छ।नेपाल पत्रकार महासंघ आन्दोलनमा छ। सरकारले जानीबुझी प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजेको सम्पादकहरूलेआरोप लगाएका छन्। यस विधेयकले मिडिया काउन्सिल सरकारको एउटा अंगका रूपमा निर्माण गर्न खोजिएको छ। चित्त नबुझेको खण्डमा सरकारले काउन्सिलको अध्यक्षलाई हटाउने व्यवस्था छ। नौ सदस्यीय काउन्सिलका अध्यक्षपछि पनि ६ सदस्य सरकारले मनोनित गर्ने व्यवस्था छ।आचारसंहिता मिच्दा पत्रकारलाई १० लाखसम्म जरिवानाको प्रावधान पनि यस बिधेयकले राखेको छ।

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भने विधेयकको एउटा त्यान्द्रो समातेर ‘हाइ साउण्डिङ गरिएको आरोप लगाएका छन्।एउटा बुँदा समातेर एउटा त्यान्द्रो समातेर कोकोहोलो र स्याल हुँइया मच्याएर जाने कुरा साह्रै दुखदायी छ बाँस्कोटाले भनेका छन् जंगेले बोलेपछि बोल्यो नेपाली प्रेसले बोलेपछि बोल्यो भन्ने हुँदैँन।

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस