किन खोजिदैन मदन भण्डारीको हत्यारा, डा सुरेन्द्र केसीको यस्तो खुलासा (भिडियो सहित)

सुनौलो नेपाल – आज जेठ ३ अर्थात एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा निधन भएको दिन हो।

पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनको दाढुङ्गामा अखिल नेपाल महिला संघको भेलामा जाने क्रममा वि.सं.२०५० साल जेठ ३ गते भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो ।

दुई नेताको दुर्घटना हुँदा ड्राइभर अमर लामा बाचे तर केहि बर्ष पछि उनको पनि हत्या भयो त्यसपछि झन् रहस्यमय बनेको यो घटनाको सत्य तथ्य किन खोजिदैन यसका पछि के कारण छन् यो आज आम मानिसले जान्न चाहेको बिषय बनेको छ।

आज हामीले यी र यस्तै बिषयमा मदन भण्डारीका योगदान के के छन् आम नेपालीले उनलाई कसरी स्मरण गर्नुपर्छ हत्या रहस्यमय हो कि प्राकृतिक यी र यस्तै बिषयमा प्राध्यापक डाक्टर सुरेन्द्र केसीसंग कुरा गरेका छौ।

हेर्नुहोस डा केसीसंग गरीएको यो कुराकानी

शुक्र, जेष्ठ ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस