स्ववियु सभापतिबाट नै क्याम्पसमा तोडफोड र ढुंगामुढा, सभापतिसहित ९ जना प्रहरी नियन्त्रणमा

जेठ ३ काठमाण्डाै डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगत ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। क्याम्पसले कर्मचारी भर्नाका लागि लिखित परीक्षा लिएका बेला सभापति ऐरको नेतृत्वमा पुगेको टोलीले ढुंगामुढा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

प्रमुख जिल्ला अधिकारी राजु पौडेलले परीक्षा विथोल्ने उद्देश्यले क्याम्पसको झ्याल ढोका तोडफोड गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको बताए। पक्राउ परेका विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

शुक्र, जेष्ठ ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस