प्रहरी महानिरीक्षक खनाल सुटुक्कै गौशालाको प्रहरी कार्यालयमा छड्के गएपछि …

जेठ ३ काठमाण्डाै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार महानगरीय प्रहरी वृत्त गौशालाको आकस्मिक निरीक्षण गरेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार निरीक्षणका क्रममा खनालले कार्यालयको वातावरण नागरिकमैत्री हुनुपर्ने बताउदै आफूले ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनुरूप सेवाग्राहीले महसुस गर्ने गरी छिटो सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। अपराध तथा अपराधीविरुद्ध कानुनी कठोरताका साथ कार्य सम्पन्न गर्न पनि उनले निर्देशन दिए।

शुक्र, जेष्ठ ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस