लोकसेवा तयारी गरेर बसेका विद्यार्थीलाई खुशीको खबर, जेठ ८ गते १३००० कर्मचारीको बिज्ञापन गर्दै लोकसेवा आयोग

जेठ २ काठमाडौं : स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ। स्थानीय तहमा रिक्त पदपूर्तिका लागि लोकसेवा आयोगले केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्शसहितको पत्र सरकारसमक्ष पठाएको हो।

लोकसेवाको सो प्रस्ताव बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्भवतः अब ब्स्ने मन्त्रिपरिषद् बैठकबाट लोकसेवाको बधा अड्काउ फुकाउ प्रस्ताव पारित हुनेछ र त्यसलगत्तै लोकसेवा आयोगले झन्डै १३ हजार पदमा विज्ञापन गर्नेछ। आयोग स्रोतका अनुसार सम्भवतः आगामी ८ जेठका दिन बुधबर खरिदार, नायब सुब्बा र अधिकृतस्तर गरी १३ हजार बढी पदमा भर्ना खुल्नेछ।

अधिकृतस्तरको पदमा १ हजार र नायब सुब्बास्तरमा ३ हजार पदमा नयाँ विज्ञापन गरिने तयारी गरिएको आयोग स्रोतले जनाएको छ। यसअघि श्रेणीगत रूपमा मागिने विज्ञापन अब भने तहगत रूपमा मागिनेछ।स्थानीय तह र प्रदेशमा कर्मचारीका लागि तहगत व्यवस्था गरिएको छ भने संघीय सरकारमा श्रेणीगत व्यवस्था गरिएको छ। लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले सरकारलाई बाधा अड्काउ फुकाउ र नीतिगत व्यवस्था सम्बन्धमा निर्णय गर्न आग्रह गर्दै सरकारलाई परामर्श पत्र पठाइएको जानकारी लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले दिएका छन्।

सरकारबाट आयोगको परामर्शका आधारमा आवश्यक निर्णय भई आएलगत्तै स्थानीय तहमा कर्मचारी भर्ना प्रक्रिया थालिने आयोगका प्रवक्ता शर्माले बताए। लोकसेवा आयोगका अनुुसार आयोगले सरकारलाई विभिन्न पाँचवटा विषयमा तत्काल निर्णय गर्नका लागि परामर्श दिएको छ। जसअनुसार तह र श्रेणीका बीचमा यसअघिको श्रेणीलाई अब कुन तहमा रूपान्तरण गर्ने भन्ने निक्र्यौल सरकारले गर्नुपर्नेछ।

 

 

शुक्र, जेष्ठ ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस