त्रिशुली किनार कुलमान रिसाएपछि प्रहरी र सशस्त्रको सुरक्षा घेरामा यसरी हुँदैछ धमाधम काम

जेठ ३ काठमान्डौ त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन निर्माणमा स्थानीयले विभिन्न माग राखेर दुई दिनदेखि गरिरहेको अबरोध हटेपछि शुक्रबारबाट निर्माण सुचारु भएको छ।नुवाकोटको किस्पाङ गाउँपालिका—५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको काम नियतबस केही स्थानीयले रोकेका थिए। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको निर्माणस्थल निरीक्षण गरेका थिए।नियतबस काममा अवरोध गरेको थाहा पाएपछि आक्रोशित भएका घिसिङले त्यहाँ जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अबरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका थिए। स्थानीयको जायज माग पूरा गर्न आयोजना संधै तयार रहेको उल्लेख गर्दै नियतबस काम रोक्नेलाई नछोड्ने चेतावनी घिसिङले दिएका थिए।

उनले त्यहींबाट नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सुरक्षा व्यवस्थाको प्रबन्ध गरिदिन अनुरोध गरेका थिए। स्थानीय प्रशासनले तत्कालै आयोजनास्थलमा जनपथ र सशस्त्र प्रहरीको टोली परिचालन गरिदिएको थियो। सुरक्षाको व्यवस्था भएपछि निर्माणमा खटिएको ठेकेदार कम्पनीले शुक्रबार बिहानैबाट काम सुरु गरेको हो।

शुक्र, जेष्ठ ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस