बुद्दजयन्ती मनाउन लुम्बिनी पुगेका प्रधानमन्त्रीको नजिकै शंकास्पद बस्तु

लुम्बिनी नजिकै शंकास्पद बस्तु फेला परेको छ । सिद्धार्थराजमार्गको कोटिहवामा विस्फोटक पदार्थजस्तै देखिने वस्तु फेला परेको हो ।बुद्धजयन्ती मनाइरहेका बेला बुटवल भैरहवा सडक खण्डकमा शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

शंकास्पद बस्तु डिस्पोजलका लागि सेनाको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । बमजस्तो बस्तु भेटिएपछि सवारीसाधन आवतजावत राेकिएका छन् ।प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने, राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ ।

 

 

शनि, जेष्ठ ४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस