जनताले कर तिरेको अरिंगाल पाल्नलाई हो ? (भिडियो) !

पछिल्लो समय अरिंगाल शब्दले नेपाली राजनितिक क्षेत्रमा व्यापक चर्चा परिचर्चा पाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालयमा सरकारको बिरोध गर्नेलाई अरिंगाल बनेर सरकारको बचाऊ गर्न आफ्ना कार्यकर्तालाई आह्वान गरे संगै यसले ब्यापकता पाएको छ ।
शनिबार बानेश्वरमा आयोजित कार्यक्रममा युबा राजनितिक अभियन्ता ज्ञानेन्द्र शाही र निगम हुमागाईंले अरिंगाल शब्दको चर्चा गरे । पछिल्लो समय देशमा बढ्दै गाएको व्यापक दण्डहीनता, भ्रस्टाचार र बेथिति बिरुद्ध सरकारले काम गर्न नसकेको भन्दै चर्को आलोचना गरे । संघियता कार्यान्वयनको क्रममा केन्द्र, प्रदेश, स्थानीय सरकारले मनलाग्दी तबरले बढाएको कर र त्यसबाट आम जनतामा परेको भारीलाई व्यंग्य गर्दै भने जनताबाट कर उठाएको तिम्रा अरिंगाल पाल्न हो भन्दै प्रश्न गरे ।
भिडियोमा हेरौ निगम हुमागाई र ज्ञानेन्द्र शाहीको भाषण

शनि, जेष्ठ ४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस