बिहे नगर्दै बाबु बन्दै सलमान खान

जेठ ५ काठमान्डौ बलिउडका चर्चित नायक सलमान खान अहिले ५३ वर्षका भए तर उनि अहिलेसम्म अविवाहित नै छन्। बेलाबेलामा उनको विवाहलाई लिएर विभिन्न हल्लाहरु बाहिरिने गर्छन्। तर उनी विवाह गर्ने टुंगोमा पुग्न सकेका छैनन्।

यसैबीच खान विवाह नगरीकन बच्चा जन्माउने तयारीमा रहेको खबर बाहिरिएको छ। टाइम्स् अफ इन्डियाको एउटा रिपोर्टपछि सलमान खान सरोगेसीमार्फत पिता बन्ने तयारीमा रहेको खबर बाहिर आएको हो। यो खबरसँगै उनको विवाह गर्ने योजना पछि हटेको बताइएको छ। सलमानले आफ्ना शुभेच्छुकमार्फत आफू विवाहदेखि भाग्ने गरेको बताउँदै आएका छन् ।उनले आफूलाई बच्चा निकै मन पर्ने र बच्चाहरूसँग लगाव रहेको बताउने गरेका छन्। उनले भनेका छन् म राम्रो छोरा हुन असल बुवा बन्न सक्छु तर राम्रो श्रीमान् बन्न सक्दिनँ सायद।

आइत, जेष्ठ ५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस