काठमाडौँबाट बेपत्ता बिपिन ६ दिन बित्दापनि पत्ता लागेनन, खोजीदिन परिवारको अपिल

सुनौलो नेपाल – बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएका बिपिन देब काफ्लेको अवस्था अहिलेसम्म केही पत्ता लाग्न नसकेपछि परिवार थप पिडामा परेको छ ।

३१ गते मंगलवार होटल सांग्रीला अगाडी मोबाइलको अन्तिम ट्याकिङ्ग भएको उनको मोबाइल त्यसपछि खुलेको छैन। बा ९१ प २५५० नम्बरको स्कुटर लिएर घरबाट हिडेका उनी अहिलेसम्म कहाँ छन् कस्तो अवस्थामा छन् कसैलाई पत्तो छैन घटना लगत्तै परिवारले प्रहरीलाई उजुरी गरेपनि अहिलेसम्म प्रहरीले केहि जानकारी पाउन सकेको छैन।

यतिबेला परिवार बेचैन बनेको छ। न खानु न पिउनुको अवस्थामा रहेका उनका श्रीमती आमा बुवा बहिनीले सुनौलो नेपालसंग कुराकानी गर्दै सबै नेपालीलाई खोजी कार्यमा सहयोग गर्न अपिल गरेका छन्।

हेर्नुहोस उनीहरुसंग गरीएको कुराकानी

यी हुन् हराएका बिपिन देव काफ्ले हेर्नुहोस यी फोटोहरु तपाईले पनि कहिँ कतै देखेमा परिवारलाई सम्पर्क गराउन सक्नुहुन्छ।

 

आइत, जेष्ठ ५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस