स्वस्थ र अनुशासित अन्तरसघर्षको नाममा मोहन बिक्रमसिंहको दक्षिणपन्थी यात्रा

नेकपा(मसाल) को आठौं महाधिवेशन शुरु हुन अब केही दिनहरु मात्र बाकी छन । त्यस सम्बन्धमा महामन्त्री मोहन बिक्रमको दक्षिणपन्थी ससोधनवादि कार्यदिशा र व्यवहारका विरुद्व सार्वजनिक हिसाबले पनि कडा प्रहार भए पछि मसाल हेडक्वाटर आतिएको मात्रै छैन अतालिएको पनि बुझ्न गार्हो पर्दैन । प्रमाण यो हो कि महामन्त्री एम बि सिंहले कहिले रामप्रकाश पुरिको नाममा आफ्ना गल्तीहरु ढोक्ने प्रयत्न गरेका छन भने कहिले समर्थक ग्रुपसम्म महाधिवेशन अनुशाशित र मैत्रीपुर्ण बनाउनको लागि सर्कुलर जारी गरेका छन । त्यस सन्दर्भमा मसाल महामन्त्रीले २०७६ जेठ २ गते जारी गरेको सर्कुलरको बारेमा र ३ गते रामप्रकाश पुरिले सामाजिक सन्जालमा प्रस्तुत गरेको बिषयमा केहि चर्चा गर्नु पर्ने आवस्यकता रहेको छ ।

त्यो सर्कुलरमा यो उल्लेखनीय छ कि पार्टीको आठौं महाधिवेशन पछि एकतावद्व, अनुशाशित र शक्तिशाली पार्टी निर्माण र त्यसको आधारमा शक्तीशालि जनआन्दोलन र नयाँ जनवादी क्रान्तिको आधार तयार पार्नु सम्भव हुने बताइएको छ । यहाँ दुई चिज निकै विचरणीय छन । एक: एकतावद्व, अनुशाशित र शक्तिशाली पार्टी निर्माणको प्रश्न हो । वास्तवमा आठौं महाधिवेशनले नेपालको क्रान्तिकारी आन्दोलनलाई गति दिने कार्यदिशा पास गर्ने र त्यसको कार्यन्वयनमा जानुपर्दछ तर त्यसको भित्री वास्तविकता त्यस प्रकारको छैन । आठौं महाधिवेशनको सिलसिलामा पार्टी महामन्त्रीद्वारा गरिएको सस्थागत गुटबन्दी र अल्पमतपक्षप्रती लगाएको झुट आरोपको आधारमा, क्रान्तिकारी कार्यकर्तालाई कारवाही गरेर पनि मोहनबिक्रमको दक्षिणपन्थी कार्यदिशा पास हुने आधार तयार पारेपछी एकतावद्व, अनुशाशित र शक्तिशाली पार्टी निर्माण गरौं भनेर सर्कुलर जारी गर्दैमा त्यो सम्भव छैन । यस सिलसिलामा मोहन बिक्रमले भनेको शक्तिशाली पार्टी कस्तो पार्टी हो? त्यो सर्कुलरमा उल्लेख गरिएको छैन। एकतावद्व, अनुशाशित र शक्तिशालीको अर्थ क्रान्तिकारी पार्टी भन्ने हुदैन । शक्तिशाली त वुर्जुवा पार्टी पनि भएका छन । एकातिर, मोहन बिक्रमको नेकपापरस्त दक्षिणपन्थी कार्यदिशा र अर्कोतर्फ शक्तिशाली पार्टी निर्माणको उद्देश्य सहितको सर्कुलरले पार्टीको आठौं महाधिवेशन पछि शक्तिशाली पार्टीको निर्माणको नाममा कतै पार्टी नेकपामा विलय गराउने षड्यन्त्र त होइन!? यो गम्भिर शंकाको घेरभित्र छ । यहाँ यो पनि उल्लेख गर्दा राम्रो हुनेछ कि प्रदेश र प्रतिनिधिसभाको चुनावको समयमा २०७४ मङ्सिर १२ गते महामन्त्रीले जारी गरेको प्रेश वक्तव्यमा भनिएको छ ‘हाम्रा बीचमा कैयौँ गम्भीर मतभेदहरू भए पनि वाम पक्षधर शक्तिहरूका बीचमा कायम हुने एकताले देशमा आमूल परिवर्तन र विकासका लागि महत्वपूर्ण योगदान दिनेछ भन्ने हामीलाई लाएको छ । त्यस कारण वाम पक्षधर शक्तिहरूका बीचको एकतालाई स्थायी रूप दिने पनि हाम्रो प्रयत्न हुनुपर्दछ । त्यसका लागि नेकपा (मसाल) ले वाम पक्षधर सबै शक्तिहरूसित अपिल गर्दछ ।’ यसलाई हेर्दा के स्पस्ट हुन्छ भने वामपक्षधरहरुसङ्ग स्थायी एकताको रुप दिने प्रयत्न हुनेछ भन्नू र अहिले सर्कुलरमा क्रान्तिकारी शब्द नराखीकन केवल शक्तिशाली मात्र शब्द राख्नुले मोहन बिक्रमले नेकपा(मसाल) लाई नेकपाको एउटा अङ्ग र विलय गराउन चाहन्छन भन्ने नै स्पस्ट हुन्छ ।

दुई त्यो सर्कुलरमा यो पनि उल्लेख गरिएको छ कि आठौं महाधिवेशनपछि उक्त शक्तिशाली पार्टीले शक्तिशाली जनआन्दोलन र नया जनवादी क्रान्तिको आधार तयार पार्न काम गर्नेछ । यहाँनीर मोहन बिक्रमको वेइमानी कति धेरै चलाखीपुर्वक आएको छ ? त्यसको सहि अवस्था के हो हामीले बुझ्न्पर्दछ । यहाँ आठौं महाधिवेसनको लागि प्रस्तावित मस्यौदा दस्तावेजमा अल्पमत पक्षले आठौं महाधिवेशनले शक्तिशाली जनआन्दोलन उठान र नयाँ जनवादी क्रान्तिको तयारीको आधारको कार्यदिशाको प्रस्ताव लिदा त्यसलाई वामसंकिणवादी वताउने तर सर्कुलरमा अल्पमतपक्ष कै शब्दहरु सापटी लिएर सर्कुलर जारी गर्ने । यो मोहन बिक्रमको जालसाजी नै हो । मस्यौदा दस्तावेज र फोरममा अल्पमत पक्षको नयाँ जनवादी क्रान्तिको आधार तयार पार्ने विचारका विरुद्ध हदैसम्म तल झरेर गालीगलौजसम्म गरेका महामन्त्री मोहन बिक्रमले आठौं महाधिवेशनको मुखमा आएर त्यस सर्कुलरका आधारमा अल्पमतपक्षका प्रतिनिधिहरुलाई आफुतर्फ तान्ने षड्यन्त्र गरिरहेको बुझ्न गार्हो पर्दैन । मोहन बिक्रम(बहुमत पक्ष) को कार्यदिशा स्पस्ट दक्षिणपन्थी भएकोले महाधिवेशनमा भ्रम सृजना गर्न भए पनि यस प्रकारको सर्कुलर जारी गर्नु एमबिको लागि बाध्यता भएर नै यो गरिएको छ । यदि वास्तवमा आठौं महाधिवेशनले नयाँ जनवादी क्रान्तिको आधार तयार पार्ने नै भए नयाँ जनवादी क्रान्तिको आधार तयार गरौ भन्ने अलपमतको प्रस्तावलाई किन वामसंकिणवादिको आरिप लगाइयो ? प्रश्न स्वभाविक तरिकाले उठ्छ ।

महामन्त्रीले भने झै महाधिवेशन स्वस्थ र मैत्रीपुर्ण नै हुनुपर्दछ । तर महामन्त्रीलाई हेक्का के रहनुपर्छ भने सस्थागत गुटबन्दी गरेर, विचार राखेकै आधारमा सङ्गठनात्मक हिसाबले कार्यकर्तालाई निश्काशन गरेर, महाधिवेशनमा आउनको लागो रोकेर कसरी स्वस्थ र मैत्रीपुर्ण हुन्छ? सिद्धान्तत एउटा कुरा गर्ने र व्यवहारमा पुरै सामन्ती तरिका अपनाउने महामारी मोहन बिक्रमले कस्तो प्रकारको जनवादी केन्द्रियताको कुरा गर्नु भएको हो? मोहन बिक्रमको नोकरशाही तरिकालाई जनवादी केन्द्रिययता मानिदिनु पर्ने हो ? होइन भने महामन्त्रीले नै स्वस्थ र मैत्रीपुर्ण वातवरणलाई धमिलाउनु भएको छ ।

सर्कुलरको अन्तिम अनुच्छेदमा भनिएको छ पार्टीमा मतभेद वा अन्तरसघर्ष हुनु नराम्रो कुरा होइन । एउटा जिवन्त पार्टीमा त्यस प्रकारका कुरा हुनु सकारात्मक र स्वागतयोग्य कुरा हो । त्यो प्रकारका मतभेद वा अन्तरसघर्षलाई हामी सधै अनुशासित र मैत्रीपुर्ण तरिकाले संचालन गर्नुपर्दछ । महाधिवेशनको बेलामा ता त्यसले झन बढी महत्त्व राख्दछ । यो कुरा सतप्रतिशत नै सत्य हो । यसको सैद्धान्तिक विषयमा कुनै अस्पष्टता छैन । तर व्यवहारमा जादा ठूलो समस्या देखियो । पार्टीमा मतभेद वा अन्तरसघर्ष हुनु नराम्रो कुरा होइन । एउटा जिवन्त पार्टीमा त्यस प्रकारका कुरा हुनु सकारात्मक र स्वागतयोग्य कुरा हो भन्ने महामन्त्रीले पार्टी दुई लाइन सघर्ष चलाइरहेको अल्पमत पक्षलाई किन र के आधारमा पार्टी फुटाउने षड्यन्त्र भारतिय गुप्तचर निकाय रअले गरेको षड्यन्त्र विप्लव र वैधको अन्धानुकरण नेतृत्व हत्याउन गरेको प्रयत्न फोरम २ को १३९ पेजमा क अरुण(बहुमत पक्षका) लेभारतिय गुप्तचर सस्था रअले अल्पमतको दस्तावेजलाई उपयोग गर्न निर्देशन गरेको छ भनेर लगाएतका आरोपहरु किन लगाउनुभयो? क अरुणलाई रअले अल्पमतको दस्तावेजलाई उपयोग गर्न दिएको निर्देशन कसरी थाहा पाउनुभयो रअ को कुन अधिकारीले क अरुणलाई अल्पमतको दस्तावेजलाई उपयोग गर्न निर्देशन दिएको बताएको छ? यसको जवाफ महामन्त्रीले दिनुपर्छ । यदि जिवन्त पार्टीमा दुई लाइन सघर्ष चल्नु स्वागतयोग्य भएको भए त्यसलाई आवश्यक नै थिएन, संशोधन प्रस्ताव दर्ता गतेको भए हुन्थ्यो भनेर किन भनियो के त्यसरी आरोप लगाएर पार्टीलाई जिबन्त बनाउन सकिन्छ ? स्वयम महामन्त्रीले नै पार्टीमा आएको फरक मतलाई अस्विकार गर्ने, फरक मतलाई दबाउन सस्थागत गुटबन्दी गर्ने, अल्पमत पक्षलाइ समर्थन गर्ने कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर कारवाही गर्ने र सम्मेलनहरुमा आफ्नो बहुमत बनाउने, पार्टीमा त्याग गरेका विशिष्ट व्यक्तीहरुलाई महाधिवेशनमा जानबाट रोक्ने गरेर कस्तो प्रकारको अन्तरसघर्षको स्वागत गर्न खोज्नु भएको हो ? यसको जवाफ छ त महामन्त्रीसङ्ग ? सिधा र स्पस्ट के हो भने महामन्त्रीले आफू महामन्त्रीमा पुन निर्वाचित हुनको लागि साङ्गठनिक हिसाबले व्यापक गुटबन्दी गर्नुभएको छ भने सैधान्तिक वैचारिक र राजनितीक हिसाबले अन्तरसघर्षबाट भाग्नुभएको छ । के यसरी मैत्रीपुर्ण र स्वस्थ ढङ्गले चल्छ अन्तरसघर्ष? यो नै स्वस्थ र अनुशासित अन्तरसघर्षको नाममा मोहन बिक्रमको दक्षिणपन्थी यात्रा हो ।

मलाई एउटा आरोप लगाइएको छ कि यो व्यक्तिगत गालिगलौज भयो भनेर । यो नै सबै भन्दा बढी हास्यास्पद तर्क हो । पार्टी महामन्त्रीले गरेका गल्तीहरु सार्वजनिक गर्दा व्यक्तीगत गालिगलौज हुन्न पार्टीमा भएको फोहोरलाई बढार्नको लागि आधार तयार हुन्छ । अर्कोतर्फ यसरी लेख्ने मान्छे पार्टी विरोधी, मानसिक रुपमा सन्तुलन गुमेको भनेर समेत भनिएको छ । यो हो व्यक्तीगत गालिगलौज । पार्टी प्रवक्ताको हैसियत उनको फेसवुक स्टाटसमा छरपस्ट भएको छ । आवेग र हतासमा मैले होइन कि पार्टी प्रवक्ताले लेखेका छन । मेरो मानसिक सन्तुलन गुमेको भए स्वयम् प्रवक्तले स्विकार गरेका पार्टी भित्रका तथ्यहरु यसरी सार्वजनिक हुमे थिएनन होला तोडमरोड हुन्थ्यो होला । त्यति सम्म ज्ञान हुनुपर्ने हो । प्रवक्त कमरेडको जेठ ३ गतेको फेसवुक स्टाटसले नै बताउँछ कि पार्टी महामन्त्रीको बारेमा मैले उल्लेख गरेका कुराहरु सत्य हुन । त्यसको सिधा अर्थ हो पार्टी महामन्त्री सैधान्तिक हिसाबले दक्षिणपन्थी र व्यवहारिक हिसाबले वुर्जुवा हैसियतमा पुग्नुभएको छ । अर्को कुरा प्रवक्ताले मेरो लेखलाई धव्मसात्मक भनेर बताएका छन । चिजलाई बुझ्ने दृष्टिकोणमा प्रवक्ताको चिन्तन नै ध्वम्सातमक भए पछि मेरो आलेखलाई त्यही देख्नु अस्वभाविक होइन । मैले त पार्टीलाई वैचारिक, सैधान्तिक र राजनितिक हिसाबल्व कसरी दक्षिणपन्थमा रुपान्तरण गर्दै लगिएको छ ? आर्थिक रुपमा महामन्त्रीको अराजकता कहाँसम्म पुगेको छ दलाल देखि तस्करसम्म महामन्त्रीको कनेक्सन कस्तो छ? र त्यसको खालको व्यवहारले कस्तो क्रान्तिको सेवा गर्दछ भनेर इमानदार कार्यकर्ताको आँखा खोलिदिएको हो । इमानदार कार्यकर्ताको आँखा खोलिएपछी महाधिवेशन फेस गर्न गार्हो हुन्छ भनेर नै प्रवक्ता कामरेड महामन्त्रीको सुक्का रोटि बनेर पेलिनुभएको छ । त्यसको लागि धन्यवाद नै दिन्छु प्रवक्ता कमरेडलाई ।

अन्तमा मोहन बिक्रमले जे जति रोइ कराइ गरे पनि, जति नै भ्रमहरु छरे पनि आठौं महाधिवेशनमा अल्पमत पक्षले क्रान्तिकारी विचारधाराको रक्षाको लागि भीषण सघर्ष गर्नुपर्नेछ । त्यो सघर्ष मोहन बिक्रमको जस्तो बोलाइ र गराइमा फरक हुनुहुदैन । एउटा कम्युनिष्ट पार्टी विधि अनुसार नै त्यो सघर्ष चलाउनुपर्दछ । त्यो नै स्वस्थ र मैत्रीपुर्ण हुनेछ । मोहन बिक्रमको दक्षिणपन्थी कार्यदिशाका विरुद्ध र क्रान्तिकारि कार्यदिशाको पक्षमा महाधिवेशनमा अनुशाशित र मैत्रीपुर्ण ढङ्गले नै बहस छलफल चलाउनु पर्नेछ । अन्तिममा, यो पनि उल्लेख गरौं कि: महामन्त्रीलाई हेक्का रहोस, यदि पार्टीमा स्वस्थ र मैत्रीपुर्ण वातावरण नै बनाउन चाहेको भए व्यापक प्रकारको गुटबन्दी आवश्यक नै थिएन। पार्टी सदस्यहरुलाई उच्च जनवादको अभ्यास गर्न दिएको भए यो स्थिती नै आउने थिएन । तर महामन्त्रीले जालसाझी गर्नुभयो । त्यसकारण यो कुराहरु आज सार्वजनिक गर्न म बाध्य नै छु । जबसम्म पार्टीमा सन्कल्पको एकता कायम हुनेछैन र दक्षिणपन्थी कार्यदिशा पराजित हुनेछैन त्यो समयसम्म म यसरी नै लेख्नेछु । यसले मसालको आठौं महाधिवेशनले कुन दिशा लिनेछ? त्यसको पनि सार्वजनिक गर्नुपर्नेछ । आजको आवश्यकता एउटा मिलिटेन्ट उच्च अनुशाशित क्रान्तिकारी शक्तिशाली पार्टी निर्माण गर्नु र त्यसको नेतृत्वमा शक्तिशाली जनआन्दोलन र नयाँ जनवादी क्रान्तिको तयारि गर्नु नै हुनेछ । त्यसको लागि मोहन बिक्रमको दक्षिणपन्थी मुकुण्डोको सार्वजनिक रुपमा नै भण्डाफोर गरेर नै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सकिनेछ । कथित अनुशासनको नाममा पार्टी भित्र मात्र मोहन बिक्रमको भण्डाफोर गरेर पुग्नेछैन। कम्युनिष्ट आन्दोलनमा आजसम्म मोहन बिक्रमले गरेको घातप्रतिघातको हिसाबकिताब भबिष्यले अवश्य दिनेछ ।
यो विचार लेखक बिरभुषट पटनायकका निजि विचार हुन्

आइत, जेष्ठ ५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस