लोकगायक अर्जुन पन्तले लिएर तकदिर (भिडियो सहित)

नेपाली लोकदोहोरी गीत संगीतको बजार फराकिलो बन्दै गइरहेको परिपेक्षमा अन्जना डिजिटल मिडिया प्रालीको प्रस्तुतीमा उमा खड्काको पहिलो लोकदोहोरी गीत ” तकदिर”को भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक अर्जुन पन्त गायिका उमा खड्का र विष्णु परिवारको सुमधुर आवाज रहेको छ ।

गीतमा नेपाली पनको आभाष दिने किसिमको शब्द तथा लय सिर्जना रहेको छ । आफना मायालुले मायामा डुवाएको कुरालाई गीतमा समेटिएको छ । आफनो मायालुलाई भेटनको लागी जिवनमा आशा नभएको कुरालाई गीतमा समावेश गरिएको छ । उमा खड्काको शब्द तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । सुशिल डाँगीको छायाँकन प्रकाश एस केको सम्पादन र निशान एस केको भिडियोमा निर्देशन रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको गीतको भिडियोमा निशान एस के र पुजना घिमिरे को नृत्य रहेको छ ।

मङ्ल, जेष्ठ ७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस