चीनका यी युबा सामाजिक संजालमा शेरेका नामले कसरी भए भाईरल, हेर्नुस यथार्थमा को हुन उनि

जेठ ९ काठमान्डौ सामाजिक सञ्जालमा अक्सर एउटा हसिलो मान्छे देखिन्छ। अनेक विषयमा प्रयोग भएका हुने यो अनुहार जसले हेर्छ पढ्छ उ पनि दिल खोलेर हास्छ किनभने ती बिषयबस्तुमा यो अनुहार पनि मज्जासंग हासेको हुन्छ।
अझ सामाजिक संजालहरुमा यो अनुहार ‘शेरे’को नामबाट प्रख्यात छ। शेरे शब्द आजकलका युवायुवतिहरु ले अत्याधिक प्रयोग गर्ने शब्द भएको छ। युवायुवतिमाझ स्याटर मार्नु परे प्रयोग हुने गरेको शब्द हो शेरे।

सामाजिक सञ्जालमा शेरेका रुपमा देखिने हसिला पात्र नेपाली नै पो हो कि भनेर हामी झुक्किन्छौँ पनि। किन भने उनी नेपाली मन, मष्तिष्कमा मात्र होइन, मंगोलियन अनुहार भएकाले नेपाली नै हो कि भन्ने सम्झन्छौँ। तर वास्तविकता अर्कै छ। सामाजिक संजालका काल्पनिक शेरे र हसिलो शेरेको वास्तविक जीवनमा तादाम्यता छैन। उसो भए को हो त सामाजिक सञ्जालमा छपक्कै देखिएका र मनमुटुमा बसेका शेरे

हामीले सामाजिक सञ्जालमा देखिरहेको शेरे पात्र याओ मिङ हुन्। याओ मिङ चीनका राष्ट्रिय बास्केटबल खेलाडी हुन्। चीनमा याओलाई अत्यधिक सम्मान छ। याओले चीनमा बास्केटबलका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका छन्। यति मात्र होइन याओ यतिखेर चिनिया बास्केटबलका अध्यक्ष हुन्। सांघाई साक्र्सबाट व्यावसायिक बास्केटबल सुरु गरेर २१ वर्षमै चीनमा एक नम्बरका खेलाडी बने याओ। ७.५ फिट उचाइ, १ सय ३६ केजी तौल र बलिष्ट शरीरका धनी याओलाई चानचुन मान्छेले बास्केटबल कोर्टमा रोक्न असम्भव थियो।

बास्केटबलमा चम्किएकै कारण उनी चीनमा ‘रकेट’ उपनामले पनि लोकप्रिय छन्। ११ नम्बर जर्सी लगाएर बास्केटबल कोर्टमा उत्रने याओ सेन्टरबाट खेल्थे। सन २००४ देखि सन २०११ सम्म बास्केटबलको सबैभन्दा ठूलो मानिने एनबिए सिरिजमा सनसनी मच्चाएका थिए याओले। याओ एनबिए सिरिजमा अल टाइम स्टार हुन्। वास्तविक जीवनमा याओ गम्भीर प्रकृतिका छन्। जब उनी हास्छन्, दिल खोलेर हास्छन्। हासेकै बेला कुनै एक पत्रकारले उनको फोटो खिचिदियो, जो वास्तवमै गज्जबको देखियो। त्यही एउटा फोटोका कारणले उनी अझ बढी चर्चित भए। यही चर्चा उनले जीवनभर बास्केटबल खेल्दा पनि पाएनन्।

आज विश्वभर हास्यपात्रका रुपमा याओको तस्बिर प्रयोग हुन्छ। नेपालमा पनि काल्पनिक हास्यपात्र शेरेका रुपमा याओको तस्बिर स्थापित छ। नेपालीसँग अनुहार मिल्ने भएकोले काल्पनिक शेरे र तस्विरको शेरे एकै हो कि भन्ने धेरैमा विश्वास पनि छ।

 

बिहि, जेष्ठ ९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस