काठमाडौं ग्वार्कोको आकाशे पुलबाट हामफालेपछि…

कोटेश्वर-कलंकी सडकखण्डस्थित ग्वार्को आकाशेपुलबाट हाम फालेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

बिहीबार विहान पुलबाट हाम फालेका ताप्लेजुङ हाङपाङका ६० वर्षीय कीर्तिमान राईको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सातदोबाटो प्रहरीले जनाएको छ।राईले किन पुलबाट हाम फाले भन्ने खुलेको छैन।शवलाई पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

बिहि, जेष्ठ ९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस