logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    34.2K
    Shares
    गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्री पाण्डेले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।

    मुख्यमन्त्रीको विश्वास मतको प्रस्तावका पक्षमा ३५ र विपक्षमा २२ सांसद्ले आफ्नो मत जाहेर गरे भने २ सांसद्ले आफ्नो तटस्थता देखाए ।

    मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका २७, माओवादी केन्द्रको ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ सांसदले विश्वासको मत दिएका थिए ।

    ६० सदस्य रहेको प्रदेश सभामा २२ सिटको एमालेले विपक्षमा मतदान ग¥यो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना सांसदले तटस्थमा मतदान गरे ।

    नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend