सरकारी जग्गा मिच्ने भूमाफिया माथि एक्सन लिन सरकारले गठन गर्यो छुट्टै आयोग

काठमाडौँ  सरकारले मुलुकभरिका सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धमा जाँचबुझ गर्न चार सदस्यीय आयोग गठन गरेको छ । जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले मोहन भट्टराईको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरिएको बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । आयोगलाई ६ महिनाको कार्यावधि तोकिएको छ ।

आयोग सदस्यहरुमा जानकी बल्लभ अधिकारी (संखुवासभा), दुर्गा दाहाल (महोत्तरी) र जगतबहादुर देउजा (सिन्धुपाल्चोक) तोकिएका छन्। सरकारले केही साताअघि सार्वजनिक गरेको २०७६/०७७ को नीति तथा कार्यक्रममा पनि सार्वजनिक, सरकारी र गुठी जग्गा अतिक्रमण बन्द गर्ने योजना अघि सारेको थियो।

 

 

बिहि, जेष्ठ ९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस