प्रहरीमा काबिल प्रहरी निरीक्षकको रुपमा परिचित पन्थी राष्ट्रपतिद्वारा सम्मानित

सुनौलो नेपाल – नेपाल प्रहरीका काबिल प्रहरी निरीक्षक गोविन्द पन्थी राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्।

मिटरब्याजमा पैसा लगाउने भारतीय नागरिकले एक जना नेपाली चेलीलाई अपहरण गरेपछि तरुन्त उक्त भारतीय अपराधीलाई इन्स्पेक्टर पन्थीले पक्राउ गरेर आम नेपालीको मन जित्न सफल भएका थिए ।

तर त्यसपछि सोहि पक्राउको बिषयलाई लिएर तत्कालिन आइजीपिले १५ दिन सम्म कार्यालयमै थुनेपछि उनको चर्चा थप चुलिएको थियो।

नेपाल प्रहरीमा बौद्धिक इमान्दार र निडर प्रहरी अफिसरको रुपमा परिचित उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक एबम जनप्रशाशन मा डिग्री गरेका छन्।

“सत्य सेवा सुरक्षणम”लाई सधै आफ्नो मार्गदर्शन ठान्ने पन्थीले अपराध महाशाखा ,सिआइबि ,पुल्चोक ललितपुर लगायतका ठाउँमा काम गरेर जनता र प्रहरीका आफ्नै समकक्षिहरु जुनीएर र सिनियर प्रहरीबाट समेत चर्चा बटुलेका उनी हाल नेपाल प्रहरीको हेडक्वाटरमा कार्यरत छन्।

श्रीमान श्रीमती नै सरकारी सेवामा रहेका उनको परिवारमा उनकी श्रीमती शारदा मरासिनी समेत शाखा अधिकृतको रुपमा काठमाडौँ महानगरपालिकामा कार्यरत छन्।

शुक्र, जेष्ठ १०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस