पूर्वगभर्नरका छोराले बितण्डा मच्याउंदा ढाड भाचिएपछि रद्द भए सोल्टी होटलस्थित प्रिभेको कार्यक्रम

जेठ १० काठमान्डौ नेपाल रास्ट्र बैंकका पूर्व गभर्नर तथा पूर्व सांसद तिलकबहादुर रावलका छोरा विवेकबहादुर रावलको करङ भाँचिने गरी भएको झगडाका कारण सोल्टी होटलस्थित क्लब प्रिभेको पूर्व निर्धारित कार्यक्रम रद्द भएको छ। क्लबले धेरै अघि निर्धारण गरेको अष्टे्लियन डिजे तथा म्युजिसियन टिम्मी ट्रम्पेटको कार्यक्रम रद्द गरेको हो। चीनका विभिन्न शहरमा १ जुन २०१९ सम्म कार्यक्रम गरेपछि उनी जुन ५ मा प्रिभेमा लाइभ प्रस्तुतिका लागि आउन लागेका थिए। क्लबले उनको प्रस्तुतितको सबै टिकट बिक्री गरिसकेको छ।

कार्यक्रम अवधिमा प्रहरीको खानतलासी हुनसक्ने भएपछि कार्यक्रम रद्द भएको बताइएको छ। क्लबले लाखौंको टिकट बिक्री गरिसकेको छ।क्लबमा २१ बैशाखको राती पूर्व गर्भनर तिलकबहादुर रावलका छोरा बिबेकबहादुर रावलले मदिराका सुरमा लफडा गरेका थिए। त्यसपछि भएको विवादमा क्लब कर्मचारीले विवेकलाइ करङ भाँच्चिने गरी कुटपिट गरेका थिए। पूर्व गभर्नर पुत्रले वृत्त कालिमाटीमा क्लबलाई समेत विपक्षी बनाएर ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेका छन्। प्रहरीले क्लबमा निगरानी बढाउएर कुटपिटमा संलग्नहरूको खोजी गरिरहेको छ।

शुक्र, जेष्ठ १०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस