विमानस्थलमा ठुलो परिणाममा भारतीय नक्कली नोट सहित दोश्रो पटक पटक पक्राउ परे अन्सारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाली नोटसहित तीनजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजनाको नाम युनुस अन्सारी रहेको बताइएको छ । पक्राउ परेको विमानस्थल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीले पुष्टि गरेका छन् । भण्डारीका अनुसार अनुसन्धान जारी रहेकाले कति रकम हो भन्‍ने खुलेको छैन । उनीहरु बाहिरबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेको भए पनि कुन देशबाट आएका थिए भन्ने भण्डारीले खुलाएनन् ।

 

 

शुक्र, जेष्ठ १०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस