बेलायती प्रधानमन्त्री थेरेसा मेद्वारा राजीनामा घोषणा

जेठ १० काठमाण्डौ बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिने घोषणा गरेकी छन्। उनले जुन ७ मा सत्ता छोड्ने घोषणा गरेको बिबिसीले जनाएको छ। युरोपियन युनियनबाट अलग्गिने विषयमा समझदारी गराउन असफल भएपछि राजिनामा घोषणा गरेकी हुन।

ब्रेक्जिट डिल भनिएको सम्बन्धबिच्छेदपछिको सम्बन्ध कस्तो हुने भन्ने विषयमा उनको प्रस्ताव पटक-पटक संसदले असफल तुल्याइदिएको थियो । ब्रेक्जिट डिल निष्कर्षमा पु-याउन असफल भएपछि उनीमाथि राजीनामा गर्न दबाव रहेकाे थियो। मेले शुक्रबार जारी गरेको विज्ञप्तिमा भने ब्रेक्जिट डिल का लागि आफूले इमान्दार भएर सक्दो प्रयास गरेको बताएकी छिन्।

शुक्र, जेष्ठ १०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस